सूचना
सूचना तथा समाचार
-
-
कालीगण्डकी गाउँपालिका स्याङ्जाको आयोजना मा १०९ औं अन्तर्राष्ट्रिय महिला दिबस को अबसर मा शुभकामना आदानप्रदान,विविध बिधामा महिलाहरु को सम्मान तथा सास्कृतिक कार्यक्रम सप्पन्न !!!
कालीगण्डकी खबर डटकम मा प्रकाशित समचार
स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको आयोजनामा १०९ औँ अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले महिलाहरु समाज रुपान्त्रणमा खेलेको भूमिकाको चर्चा गर्दै महिलाहरु इमान्दार र काममा लगनशिल हुने हुदाँ राज्यले महिलाको सहभागितालाई जोड दिएको कुरा बताउनु भएको थियो ।उहाँले भन्नु भयो नारीको महानतालाई हामीले आत्मसाथ गरेर समाजका हरेक तह र तप्कामा सहभागिता गराउनु आजको आवश्यकता हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद खनाल, वडा नं ४का वडाअध्यक्ष चक्रपाणी पाण्डे, वडा नं ५ का वडाअध्यक्ष लोकेन्द्र थापा मगर, वडा नं ६ का वडासदस्य तोलाकान्त वि.क, वडा नं २का सदस्य खगिसरा आले, कार्यपालिका सदस्य मथुरा पाण्डेय लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा गाउँपालिका भित्रका १०० जना छोरीमात्रै पाउने आमाहरुलाई सम्मान तथा समाजमा रहेका जेष्ठनागरिकलाई राम्रो हेरचाह गर्नु हुने ४ जनालाई सम्मान समेत गरिएको वास संयोजक भागीरथ अधिकारीले जानकारी दिनु भयो । कार्यक्रममा वडागत रुपमा सांस्कृतिक कार्यक्रम तथा जनचेतनामूलक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
कालीगण्डकी गाउँपालिकाका उपप्रमुख सावित्रा कोईरालाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य कार्यपालिका सदस्य टिकीसरा भट्टराईले र कार्यक्रमको सञ्चालन खुमकला विक र सरला थापाले गर्नु भएको थियो ।
-
कालीगण्डकी गाउँपालिका विर्घा, स्याङ्जा न्यायिक समितिकाे अायाेजना र पि.पि.अार नेपालकाे सहयाेगमा सञ्चालित मेलमिलाप सम्बन्धी ८ दिने ४८ घण्टे अाधारभुत तालिम सम्पन्न भएकाे छ ।
मिति २०७५ साल फाल्गुण महिना ३ गते देखि १० गते सम्म सञ्चालित उत्त तालिमकाे समापन कार्यक्रमकाे अध्यक्षता न्यायिक समितिका संयाेजक सावित्रा काेइराला ज्यूले गर्नु भएकाे थियाे । वडा नं. ४,५,६ र ७ का वडा अध्यक्षहरू तथा नेपाली कांग्रेसका नेता एवम् समाजसेवी नारायण भट्टराइले तालिममा सहभागीहरूले तटस्थ, निस्पक्ष एवम् स्वतन्त्र रूपले व्यवहारमा लागु गर्नुपर्ने कुरामा जाेड दिनुभएकाे थियाे । तालिममा ३० जनाकाे सहभागिता रहेकाे थियाे । सहभागी हुन पाएकाेमा उनिहरूले खुशी व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन हिरामणी पाण्डेले गर्नुभएकाे थियाे । -