"सबै महिला तथा बालबालिकाका लागि अधिकार ,समता सशक्तीकरण"
मुल मन्त्रका साथ १५औ अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा आयाेजित नारी सशक्तीकरणका लागि विशेष कार्यक्रम साथै पाेषण/ बालमैत्री
स्थानीय शासन युक्त पालिका निमार्णका लागि आम समुदायलाई बृहत पाेषण सम्बन्धि सचेतना मुलक कार्यक्रम
कालीगण्डकी गाउँपालिका बिर्घा
२०८१ फागुन २४ गते
सूचना
ग्यालरी
निजामती सेवाका विशिष्ट श्रेणीबाट सेवा निवृत सचिवद्वय तथा संविधानविद् प्रशासनविद् काशीराज दाहाल र रेश्मीराज पाण्डेज्यूको विशेष प्रशिक्षणमा आयोजित जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकास तालिम र मेलमिलाप कर्ताहरुको लागि पुर्नताजगी तालिम कार्यक्रम कालीगण्डकी गाउँपालिको आयोजनामा आज मिति २०८१ फागुन १२ गते सञ्चालन भएको छ ।
बालमैत्री स्थानीय शासनको नीतिगत, प्रकृयागत, कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा प्रकृया सम्बन्धी गाउँपालिकास्तरीय २ दिने अभिमुखिकरण कार्यक्रम कालीगण्डकी गाउँपालिकाको सभाहलमा पुष २३ र २४ गते सञ्चालन भएको छ । विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागितामा सञ्चालित कार्यक्रमबाट गाउँपालिकालाई २०८३ असोज मसान्त भित्र बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कालीगण्डकी गाउँपालिकको गाउँसभाको १६ औं अधिवेशन मिति २०८१ पुष १७ गते सञ्चालन भएको छ ।
अधिवेशनको बैठकमा विद्येक, रकमान्तर, अन्तरपालिका सम्झौता, भगिनी सम्बन्धमा छलफल भएको छ ।