FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

उत्तर: गाउँपालिकाबाट प्रत्येक वडामा तथा गाउँपालिका स्तरिय याेजनाहरुका लागि विनियाेजन भएकाे रकम मध्येबाट काम सम्पन्न गरी वडा कार्यालयबाट याेजनाकाे पेश्की, फछर्याैट तथा रकम भुत्तानीकाे लागि सिफारिसकाे लागि गाउँपालिकाकाे याेजना शाखामा पेश गरी प्रमुख प्रशासकीय अधिकृतकाे ताेक अादेशमा याेजना शाखाबाट टिप्पणी उठाई लेखा शाखामा पेश गरिन्छ ।

उत्तर: राजश्व शाखा अन्तर्गत प्रत्येक वडामा प्राप्त भएका राजश्व  गाउँकार्यपालिकामा उठ्ने गरेकाे अाम्दानी तथा टेण्डर र विविध अाम्दानीहरु बाँधिने शाखा राजश्व शाखा हाे । यसले प्रत्येक दिन तथा मासिक रुपमा हुने गरेकाे अाम्दानी दाखिला हुने काम हुन्छ ।

उत्तर: गाउँपालिकामा राजश्व परामर्श समितिकाे बैठक बसिसकेपछि १५/१७ दिने टेण्डर अाह्वानकाे सुचनाकाे लागि गाेरखापत्र पत्रिकामा सुचना पकाशन गरिन्छ । साेहि बमाेजिम सम्बन्धित कन्सट्रक्सन ले निवेदन सहित  बिल खरिद गरी सुचना प्रकाशन भएकाे  मिति भन्दा अर्काे दिन दिउसाे १२ बजे सम्म टेण्डर खरिद गर्दछ । त्यस्तै १२ बजे पछि बाेलपत्रप खरिदकाे बैठक बसी  ककसलाई टेण्डर दिने भन्ने बारेमा छलफल भैसकेपछि उत्त फर्म लाई १ हप्ता भित्र सम्भःाैता गर्न अाउन भनि पत्र काटिसकेपछि सम्भःाैता भए लगत्तै काम सुरु गर्ने अख्तियारी दिइन्छ ।

उत्तर: कुनै व्यवसायिक फर्म ठेक्का पट्टा गर्ने कन्सट्रक्सन तथा कृषी तथा अामा समुहकाे गाउँपालिकामा सुची दर्ता गर्ने कार्य सुची दर्ता हाे । त्यसका लागि संस्थाका सम्बन्धित कागज पत्रहरु तथा प्रमुख प्रशासकीय अधिकृत लाई सम्बाेधन गरी निवेदन सहित सुची दर्ता काे लागि पेश गर्ने ।

उत्तर: जन्म  मिति/ नामथर  अादि फरक परेमा सच्याउनका लागि सम्बन्धित वडा बाट मुचुल्का तथा कार्यालय देखि संसाेधनकाे सिफारिस लिइ गाउँकार्यपालिकाकाे कार्यालय पेश गरी संसाेधनकाे प्रमाण पत्रकाे लागि गाउँकार्यपालिकाले  सम्बन्धित वडालाई उत्त संसाेधनकाे लागि अख्तियारी दिइ वडा सचिवले साे घटना  दर्ताकाे  संसाेधन गरिदिने काम हुन्छ । पुनश्चः घटना दर्ता कार्य अन्तर्गत  जन्म मृत्यू विवाह बसाईसराई तथा सम्बन्ध विच्छेद जस्ता कार्यहरु पर्दछन् ।